२० अर्बको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान

0
Shares

नेपाल राष्ट्र बैंकले २० अर्ब बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आह्वान गरेको हो ।

राष्ट्र बैंकले २० अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान गरेको हो ।

जसअनुसार ५ अर्ब रुपैयाँको २८ दिने, ६ अर्ब ४ करोड ५० लाख रुपैयाँको ९१ दिने, ७० करोड रुपैयाँको १८२ दिने र २ अर्ब रुपैयाँ बराबरको ३ सय ६४ दिने ट्रेजरी बिलका लागि बोलकबोल आह्वान गरेको हो ।

ट्रेजरी बिलका लागि राष्ट्र बैंकले सोमबार (भदौ १८ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ।

पछिल्लो पटकको बोलकबोलमा ६.२० प्रतिशत भारित औसत ब्याजदर तय भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।