नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने भारत सरकारको निर्णय

0
Shares

भारत सरकारले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको छ ।

भारतको मन्त्रिपरिषद्ले नेपालसँगको दीर्घकालीन विद्युत् व्यापारको विषयलाई अनुमोदन गरेको दिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्माले जनाएका छन ।

मंगलबार बिहान राजदूत शर्माले समाजिक सञ्जाल ‘एक्स’ मा भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको लेखेका छन्। उनले यसले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल गत जेठमा भारत भ्रमणमा गएका बेला विद्युत् व्यापारसम्बन्धी दुई पक्षीय सहमति भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।