बीएमडब्लुको ‘२०२५ मिनी कन्ट्रीम्यान’ कार अनावरण, यस्ता छन् विशेषता

बीएमडब्लुको ‘२०२५ मिनी कन्ट्रीम्यान’ कार अनावरण, यस्ता छन् विशेषता

जर्मनीमा आयोजित 'अन्तराष्ट्रिय अटो शो' मा बीएमडब्लु मिनीले उत्पादन गरेको '२०२५ मिनी कन्ट्रीम्यान' कारको फर्स्ट लुक अनावरण गरिएको छ ।

बीएमडब्लु मिनीले उत्पादन गरेको '२०२५ मिनी कन्ट्रीम्यान' पहिलो विद्युतीय कार हो । कम्पनीले यस मोडलका दुई कारहरु सार्वजनिक गरेको छ । मिनिमल एक्सटेरियर डिजाइनमा निर्माण गरेको उक्त कारका ‘कन्ट्रीम्यान इ’ र ‘कन्ट्रीम्यान एसइ’ मोडलको फर्स्ट लुक सार्वजनिक गरिएको हो ।

‘२०२५ मिनी कन्ट्रीम्यान’ मोडलका दुवै कार सन् २०२४ को तेस्रो त्रैमासमा कर्मेसियल रुपमा लन्च हुने आकलन गरिएको छ । अटोमेटेड ड्राइभिङ्ग असिस्टेन्टको सुविधा रहेको उक्त मोडलको बाह्य आवरण साधारण र मिनिमल रहेको छ । ‘कन्ट्रीम्यान इ’ मोडलको कारले एक पटकको चार्जमा २४० माइलको ब्याट्री ब्याकअप दिन्छ । यस मोडलको कारमा २०१ हर्सपावरको ब्याट्री उपलब्ध छ ।

यस्तै ‘कन्ट्रीम्यान एसइ’ मोडलको कारले एक पटकको चार्जमा २४० माइल्स बढीको ब्याट्री ब्याकअप दिनेछ । जसमा ३०८ हर्सपावरको ब्याट्री जडान छ । तथापि अटो व्यवसायीहरुको आकलन अनुसार यी दुई मोडलका कारहरुले अधिकतम २२५ माइल्सको ब्याट्री ब्याकपन दिनेछन् ।

कारलाई ‘२०२५ मिनी कन्ट्रीम्यान’ मोडलको नाम दिएता पनि कारको इन्टेरियर फराकिलो रहेको छ । यस अघि उत्पादन भएका कारको तुलनामा तेस्रो जेनरेसनको यो मोडलको कार ठूलो र फराकिलो छ । जसकारण कारमा बस्ने प्यासेन्जर र कारगो स्पेसका लागि पर्याप्त ठाउँ पुग्ने छ । यस्तै कारमा मनोरञ्जनका लागि गोल आकारको डिजिटल डिस्व्ले राखिएको छ । जसमा एप्पल कारप्ले र एन्रोइड अटो प्ले गर्न सकिनेछ ।

कारमा ड्राइबर असिस्टेन्ट फिचरहरु समेत उपलब्ध छन् । अटोमेटेड इमर्जेन्सी ब्रेक र लेन–किपिङ असिस्टेन्स लगायतका फिचरहरु कारमा उपलब्ध छन् । बीएमडब्लु मिनीले उत्पादन गरेका यी कारहरुले विद्युतीय कार निर्माता कम्पनी टेस्लाको टेस्ला मोडल वाइ र कियाले उत्पादन गरेको किया नीरो इभीसँग प्रतिस्पर्धा गर्नेछ ।

फस्र्ट लुक अनावरण गरेतापनि कम्पनीले कारको मूल्य तोकिसकेको छैन । तथापि अटो व्यवसायीहरुले यी दुई मोडलका कारहरुको मूल्य अमेरिकी डलर ५० हजार देखि ६० हजार सम्म पर्न जाने अनुमान गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १९ भदौ २०८०, मंगलबार १३ : २६ बजे