नेप्सेले दियो थप एघार ब्रोकरलाई धितोपत्र कारोबार गर्ने सदस्यता

0
Shares

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सीमित कार्य गर्ने थप ११ कम्पनीलाई धितोपत्र दलालको व्यवसायीको इजाजत (लाइसेन्स) दिएको छ । नेप्सेको सञ्चालक समितिको बैठकले ११ वटा नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिएको हो ।

नेपाल धितोपत्र बोर्डबाट गत साउन १० गते अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी (धितोपत्र व्यापारी तथा धितोपत्र दलाल) कार्य गर्न अनुमतिपत्र प्राप्त गरेका ११ धितोपत्र व्यवसायीहरुलाई नेप्सेबाट धितोपत्र कारोबार सदस्यता प्रदान गरिएको हो ।

नेप्सेका अनुसार लाइसेन्स पाउनेहरुमा गरिमा सेक्युरिटिज लिमिटेड कमलपोखरी, पाही इन्भेष्टमेन्ट प्रालि गोकर्णेश्वर, इन्दिरा सेक्युरिटिज प्रालि सुन्धारा, श्री आकाश भैरव सेक्युरिटिज लिमिटेड ललितपुर , श्री एनएमबी सेक्युरिटिज लिमिटेड नक्साल, श्री सानिमा सेक्युरिटिज लिमिटेड पुतलीसडक, श्री मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड महाराजगञ्ज, श्री क्यापिटल हब प्रालि अनागमनगर, श्री स्टकस्कार्टस सेक्युरिटिज लिमिटेड डिल्लीबजार, श्री एसपीएसए सेक्युरिटिज लिमिटेड बानेश्वर, र श्री ब्लु चिप सेक्युरिटिज महाराजगञ्ज रहेका छन् ।

मंगलबार ११ नयाँ ब्रोकर थपिएसँगै नेप्सेबाट कारोबार सदस्यता पाउने नयाँ ब्रोकरहरुको संख्या २८ पुगेको छ । यसअघि नेप्सेले असार २१ गते ७ वटा, साउन १२ गते ७ वटा र साउन १९ गते ३ वटा नयाँ ब्रोकरहरुलाई कारोबार सदस्यता प्रदान गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।