सामुहिक लगानी कोषका ११ योजनाले घोषणा गरे प्रतिफल

0
Shares

गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट ११ सामुहिक लगानी कोष योजना (म्युचुअल फन्ड) ले इकाईधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन् ।

हालसम्म लक्ष्मी म्युचुअल फन्डका २, कुमारी सामुहिक लगानी कोष योजनाका २, एनआईबिएल म्युचुअल फन्डका २, सिद्धार्थ म्युचुअल फन्डका २ र सिटिजन म्युचुअल फन्डको १ योजनाले इकाईधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको हो । यस्तै एनआईसी एशिया बैंक म्युचुअल फन्ड, सनराइज म्युचुअल फन्ड र सिटिजन म्युचुअल फन्ड अन्तरगतका एक।एक योजनाले लाभांश घोषणा गरेका हुन् ।

प्रतिफल घोषणा भएका कुल ११ योजनामध्ये दुई खुलामुखी र ९ बन्दमुखी रहेका छन् । ९ योजनाको बुकक्लोज भैसकेको छ भने सनराइज फर्स्ट म्युचुअल फन्ड र एनआईबिएल प्रगति फन्डको इकाईका लगानीकर्ताले भने अझैपनि सेयर खरिद गरे लाभांश प्राप्त गर्न सक्नेछन् । यी दुई योजनाको बुकक्लोज हुन बाँकी छ । सनराइज फर्स्टले गत आवबाट कर सहित १६ प्रतिशत नगद र एनआईबिएल प्रगति फन्डले ६.८० प्रतिशत नगद वितरणको प्रस्ताव गरेको छ ।

हेरौं कुन फन्डको कति बाँड्यो प्रतिफलः–

Sector-Mutual Fund Stock Symbol Cash Total Bookclose Date
Sunrise First Mutual Fund SFMF 16.00 16.00  
Nic Asia Dynamic Debt Fund NADDF 10.00 10.00 Shwan 19, Friday
Kumari Equity Fund KEF 10.00 10.00 Bhadra 18, Monday
Laxmi Unnati Kosh LUK 9.50 9.50 Shwan 32, Thusday
Laxmi Equity Fund LEMF 8.00 8.00 Shwan 32, Thusday
Citizens Mutual Fund – 2 CMF2 8.00 8.00 Bhadra 19, Tuesday
NIBL Pragati Fund NIBLPF 6.80 6.80  
Siddhartha Investment Growth Scheme-2 SIGS2 6.50 6.50 Bhadra 13, Wednesday
Kumari Dhanabriddhi Yojana KDBY 6.00 6.00 Bhadra 18, Monday
Siddhartha Equity Fund SEF 5.00 5.00 Bhadra 13, Wednesday
NIBL Sahabhagita Fund NIBLSF  4.00 4.00 Shwan 11, Thusday

 

हालसम्म दोस्रो बजारमा ३६ वटा बन्दमुखी योजना र ७ वटा खुलामुखी योजना सञ्चालनमा रहेका छन् । यस्तै हालसम्म ७ वटा योजनाको अवधि समाप्त भई परिपक्क भैसकेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।