मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा सुमित बाबु खत्री र संचालकमा नेपाल भुषण श्रेष्ठ नियुक्त

0
Shares

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा सुमित बाबु खत्री नियुक्त भएका छन् ।

बिहिवार बसेको संस्थाको संचालक समितीको १४५ औं बैठकबाट खत्री (सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका प्रतिनिधि) सर्वसम्मत अध्यक्षमा मनोनित भएका हुन् ।

यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्राइम कमर्सियल बैंक लिमिटेडका प्रतिनिधि सन्जिब मानन्धर बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भए सङ्गै बैंक तथा वित्तीय संस्थाको संचालकमा बस्न पाउदैनन् ।

सोही कारण प्राइम कमर्सियल बैंक लिमिटेडले नेपाल भुषण श्रेष्ठलाई प्रतिनिधिको रुपमा बैठकमा पठाएको संस्थाले जनाएको छ । संचालक श्रेष्ठ प्राइम कमर्सियल बैंक लिमिटेडका सहायक महाप्रबन्धक हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।