नेपालको पहिलो ह्यालोजनमुक्त र पर्यावरणमैत्री “ईकोवायर–जेएच” सार्वजनिक

0
Shares

लिट्मस केबल्सले नेपालमै पहिलो पटक ह्यालोजनमुक्त र पर्यावरणमैत्री तार/वायर सार्वजनिक गरेको छ । नेपालमा पहिलो पटक उत्पादित ईकोवायर–जेएच आगो प्रतिरोधी, खीया नलाग्ने, र पर्यावरण मैत्री शून्य ह्यालोजन भएको तार हो ।

अत्याधुनिक जर्मन प्रविधिद्धारा निर्मित ईकोवायर–जेएच तारले आगलागी हुदाँ न्यूनतम धुवाँ उत्पादन गर्छ । जसकारण आगलागीको समयमा उद्धार टोलीहरूले तीव्र रुपमा आगलागीमा परेका मानिसहरुको उद्धार गर्न सक्नेछन् । शुक्रबार एक कार्यक्रम आयोजना गर्दै उत्पादक कम्पनी–लिट्मस केबल्सले ईकोवायर–जेएच सार्वजनिक गर्दै नेपाली बजारमा उक्त वायर बिक्री वितरण गर्ने घोषणा गरेको हो।

यस वायरमा उपलब्ध ह्यालोजन फ्री फायर रेडिएसन (एचएफएफआर) संरचनाले आगोको समयमा संरचनात्मक विशिष्टता सुनिश्चित गर्दै विषाक्त धुवाँ र खतरनाक ग्याँसहरू उत्सर्जन हुन कम गर्दछ । जसकारण यस वायरले नेपालको विद्युतीय क्षेत्रमा एक महत्वपूर्ण कोसेढुङ्गाको सावित हुने विश्वास गरिएको छ । ईकोवायर–जेएच ग्राहकहरुको माग, सुरक्षालाई आत्मसात निर्माण गरिएको भएकाले यसले ग्राहकहरुको जीवनमा थप सहजता ल्याउने लिट्मस इन्डस्ट्रिज लिमिटेडमा प्रबन्ध निदेशक रोहित गुप्ताले बताए ।

शून्य ह्यालोजन भएको नेपालको पहिलो तारको रूपमा, ईकोवायरले वातावरण सुरक्षित राख्नुका साथै अन्य वायरहरुको तुलनामा आगलागीको समस्याबाट बच्न सहयोग गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।