यामाहा नेपालको सर्वाधिक ठूलो ब्लू स्क्वायर शोरुम कौशलटारमा

यामाहा नेपालको सर्वाधिक ठूलो ब्लू स्क्वायर शोरुम कौशलटारमा

नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेज प्रालिले कौशलटार भक्तपुरमा शोरुम सञ्चालनमा ल्याएको छ । एमएडब्लूले अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको हो ।

एमएडव्लू ग्रुप अफ कम्पनिजका म्यानेजिङ डाइरेक्टर विष्णुकुमार अग्रवाल, हिमालय रोडिसका सञ्चालक तथा लोकप्रिय मिडिया पर्सनालिटी सुरज सिंह ठकुरी र अभिनेत्री प्रियङ्का कार्कीले सोमबार भव्य समारोहबीच शोरुम संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

शोरुममा ग्राहकले मोटरसाइकल, स्कुटर, एसेसोरिज र एप्रेल एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहने छ । यस शोरुममा बेटर कष्टमर एक्सपरेन्स अनुभव गर्नुको साथै छिटो र पर्सनलाइज वान टु वान सर्भिस प्रदान गरिने जानकारी गराइएको छ । यामाहाको ग्राहकले अझ नजिकबाट यामाहा ब्राण्ड र उपलब्धतालाई महसुस गर्न पाउनुको साथै डिजिटल टेक्नोलोजी मार्फत क्यूआर कोड स्क्यान गरेर ब्रोसरहरु प्राप्त गर्न सक्नेछन् ।

यामाहा नेपालका लागि सीईओ राजु क्षेत्रीले कौशलटार भक्तपुरमा यामाहा व्लु स्वायर शोरुम खोल्न पाउँदा अत्यन्तै हर्षित भएको बताउँदै भने, “यो पनि सबैभन्दा ठूलो र सबैभन्दा सुविधाजनक शोरूम मध्ये एक हो । यस शोरुमले बाइक प्रेमीहरूलाई यामाहाको उत्कृष्ट प्रविधियुक्त विभिन्न मोटरसाइकल स्कुटर एसेसरिज र एपरिअल उपलब्ध गराउने कुरामा हामी विश्वस्त छौं ।”

एमएडब्लूले अघिल्लो वर्ष असोज १३ गते नक्सालमा नेपाली बजारमा उपलब्ध दुई पांग्रे सवारी साधन बजारकै सबैभन्दा अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको थियो ।

ग्राहकहरुको सुविधालाई स्थापनाकाल देखिनै उच्च प्राथमिकतामा राख्दै आएकोमा ‘ब्लु कोर’ को उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको ग्राहकको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्धि गर्ने कम्पनीको ठहर छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २६ भदौ २०८०, मंगलबार १२ : ४१ बजे