४ सिलिण्डरको हुण्डाई एक्स्टर नेपाली बजारमा, कति पर्छ मूल्य ?


हुण्डाईको एक्स्टर मोडलको कार नेपाली बजारमा भित्रिएको छ । मंगलबार राजधानीमा सुरु भएको सवारी साधनको कुम्भ मेला नाडा अटो शो मा अर्थमन्त्री डा. रामशरण महतले एक्स्टर लञ्च गरेका हुन् ।

हुन्डाइ गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले एक्स्टर नेपाली बजारमा भित्र्याएको हो । कम्पनीका अनुसार ४ सिलिण्डर रहेको उक्त गाडी अहिले भारतमा मासिक ५० हजार थान बुकिङ् भईरहेको छ । हाल नेपालमा एक्सटर एस एक्स भेरियण्टका केही थान सवारी मात्र आएको जनाएको कम्पनीले औपचारिक रुपमा नेपाली बजारमा उक्त गाडी आउन केही समय लाग्ने बताएको छ ।
हाल नेपालमा आएको एस एक्स भेपरयण्टको मूल्य ४० देखि ४५ लाख रुपैयाँसम्म निर्धारण हुने सक्ने अनमान गरिएको छ । यद्यपी यस सम्बन्धमा कम्पनीले आधिकारिक रुपमा कुनै उद्घोष गरेको छैन ।

हुण्डाईका नेपालमा बिक्री बितरण भईरहेका कारहरुमा हुण्डाई भेन्युभन्दा तल्लो रेञ्जमा एक्स्टर रहने लक्ष्मी इनटरकन्टिनेन्टलले जनाएको छ ।

एक्स्टर भेयरियण्टमा भारतमा दोस्रो मोडलका रुपमा बिक्री भईरहेको एक्स्टर एस एक्स नेपालमा भने टप मोडलका रुपमा बिक्री बितरण हुनेछ ।

आकर्षक डिजाइनमा आएको एक्स्टरमा १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन, अलोय ह्वील, फ्यूचरिष्टीक डिजाइन, एच आकारमा दिइएको एलइडी डेटाइम रनिङ लाइटले प्रयोगकर्तालाई आकर्षित गर्ने कम्पनीको दाबी छ ।

इन्फोटेन्मेन्ट स्क्रिन, डोर ट्रिम लेआउट, एसी भेन्ट, ड्यासबोर्ड, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्वील जस्ता फिचर रहेको कारमा इन्स्ट्रुमेन्ट क्लष्टर पनि रहेको छ । ६ वटा एयरब्याग, क्रुज कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, पुस स्टार्ट बटन, किलेस इन्ट्रि, ड्यास क्यामेरा, रियर एसी भेन्ट लगायतका फिचर हुण्डाई एक्स्टरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।