नाडा अटो शो: यी हुन् हेर्न पाइने किन्न नपाइने पाँच कार

0
Shares

नाडा अटो शोमा धेरै मोडलका नयाँ गाडीहरु सार्वजनिक गरिएका छन् । अधिकांश नयाँ मोडल ग्राहकलाई बिक्री गर्न कै लागि कम्पनीहरुले ल्याएका हुन् ।

यसपटकको अटो शोमा हुन्डाई, बीवाइडी र नेटाले ल्याएका ५ कार बिक्री गर्न नभई प्रदर्शनीको लागि मात्रै नेपाल ल्याएको हो । त्यसमा पनि नेटाले प्रदर्शनीको लागि नै नेटा यू, नेटा एस र नेटा जीटी गरी तीन मोडल ल्याएको छ ।

नेटाले ल्याएका तीन वटै मोडल लेफ्टह्याण्ड ड्राइभ गाडी हुन् । कम्पनीले ल्याएको नेटा यू निकट भविष्यमा नै नेपालमा बिक्री सुरु हुने मोडल मानिन्छ ।

अहिले राइट ह्याण्ड ड्राइभमा उत्पादन नभएको कारण नेटा यू बिक्री सुरु नभएको हो । सम्भवत सन् २०२४ को सुरुवातसँगै नेटा यू नेपालमा बिक्री सुरु हुनेछ ।

नेटाले नेपाल ल्याएको अन्य दुई मोडल एस र जीटी तत्काल नेपालमा बिक्री हुनेछैनन् । तर, यी दुबै कार नाडा अटो शोको मुख्य आकर्षण भने बनेका छन् ।

हुन्डाईको माइक्रो एसयूभी एक्सटर अहिले प्रदर्शनको लागि मात्रै राखिएको छ । कम्पनीले अटो शोमा यसको बुकिङसमेत लिएको छैन । अहिले बुकिङ नलिएपनि चाडपर्व लगत्तै यसको नेपालमा बिक्री सुरु हुने अनुमान गरिएको छ ।

माइक्रो एसयूभी सेग्मेन्टमा आएको एक्सटर मोर्डन डिजाइनमा तयार भएको छ । त्यहि कारण अटो शोमा यसलाई हेर्न चाहनेहरु पनि धेरै देखिन्छन् । कम्पनीले यसलाई तत्काल बिक्री सुरु नगर्ने भएको कारण यसको मूल्यको जानकारी दिएको छैन ।

अटो शोमा धेरै मानिसले टच एण्ड फिल गर्न चाहेको मोडल बीवाइडी सिल पनि हो । कालो कलरमा सजाएर राखिएको सिल पनि तत्काल बिक्री सुरु हुनेछैन । प्रिमियम सेडान सेग्मेन्टमा आएको सिल पूर्ण इलेक्ट्रिक मोडल हो ।

कम्पनीले २०२४ को सुरुवातबाट मात्रै यसलाई बिक्री गर्ने योजना बनाएको छ । यसको मूल्य १ करोड ५ लाख हाराहारी पर्ने कम्पनीले भन्सारलाई दिएको अधिकतम खुद्रा मूल्यमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।