अष्ट्रेलियाको सहयोग निरन्तर हुन्छः राजदूत फेलिसिटी भोल्क

अष्ट्रेलियाको सहयोग निरन्तर हुन्छः राजदूत फेलिसिटी भोल्क

अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले अष्ट्रेलियाले निरन्तर रुपमा नेपाललाई सहयोग गराउने बताएकी छिन् ।

उनले जलवायु परिवर्तन, लैंगिक समानता, पछाडि परेका वर्गहरुको उत्थान र नेपालको पर्यटन क्षेत्रको विकासका लागि अष्ट्रेलियाले काम गरिरहेको र आगामी दिनमा पनि निरन्तर हुने बताइन् ।

सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा बुधबार आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग राजदूत भोल्कले शिष्टाचार भेटवार्ता गरेकी हुन् । भेटमा दुई देशबीच सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो ।

भेटमा उनले नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया एक शैक्षिक गन्तव्य भएको बताउँदै नेपाली विद्यार्थीहरुको शिक्षा र सुरक्षाका लागि पनि अष्ट्रेलियाले काम गरिरहेको बताइन् ।

उपाध्यक्ष श्रेष्ठले अष्ट्रेलियाले नेपालका लागि सामाजिक र आर्थिक विकासमा गर्दै आएको सहयोग र सहकार्यका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ भदौ २०८०, बुधबार १५ : ५४ बजे