नेपाल पुनर्बीमाको खुद नाफा ४.१७% बढ्यो, निर्जीवनतर्फ घटेपनि जीवन बीमातर्फ बढोत्तरी

0
Shares

नेपाल पुनबीमा कम्पनीको खुद नाफा आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्म अघिल्लो आवको सोही अवधिको तुलनामा ४.१७ प्रतिशतले बढोत्तरी भएको छ । कम्पनीले बैशाखमा सार्वजनिक गर्नुपर्ने तेस्रो त्रैमासिक वित्तीय विवरण चार महिना ढिलाई गरी बल्ल सार्वजनिक गरेको हो ।

विसं २०७९ चैत मसान्तसम्म नेपाल रिले ५९ करोड ६२ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जसमध्ये निर्जीवन बीमातर्फ ५२ करोड ९० लाख ५२ हजार रुपैयाँ र जीवनबीमातर्फ ६ करोड ७१ लाख ८४ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा नेपाल पुनर्बीमा कम्पनीले ५७ करोड २३ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सोमध्ये निर्जीवन बीमातर्फ ६० करोड २१ लाख १७ हजार रुपैयाँ खुद नाफा गर्दा जीवनबीमातर्फ २ करोड ९७ लाख ३१ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको थियो ।

तेस्रो त्रैमाससम्म (२०७९ चैत मसान्त) आइपुग्दा कम्पनीले निर्जीवन र जीबन बीमा व्यवसायबाट गरी कुल ४ अर्ब २६ करोड ७० लाख ३२ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४५.७७ प्रतिशत कम हो । २०७८ चैतसम्म ७ अर्ब ८६ करोड ८९ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

२०७९ चैतसम्म निर्जीवन व्यवसायबाट २ अर्ब ७९ करोड ८२ लाख ३४ हजार रुपैयाँ र जीवनबीमा व्यवसायबाट १ अर्ब ४६ करोड ८७ लाख ९८ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन भएको हो । अघिल्लो आव २०७८ चैतसम्म निर्जीवन व्यवसायबाट ६ अर्ब ५३ करोड ९९ लाख ४७ हजार रुपैयाँ र जीबन बीमा व्यवसायबाट १ अर्ब ३२ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन भएको थियो ।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्यबाट ३५ करोड ७६ लाख ४६ हजार रुपैयाँ आम्दानी गर्दा पुनरबीमा कमिसन खर्च वापत ९६ करोड ३१ लाख ४९ हजार रुपैयाँ खर्च गरेको छ । कम्पनीले १७ अर्ब ३६ करोड ७२ लाख ४ हजार रुपैयाँ दीर्घकालीन लगानी तथा कर्जा लगानी गरेको छ ।
चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको पुनर्बीमा कम्पनीको २०७९ चैत मसान्तसम्म वार्षिक प्रतिसेयर आम्दानी वार्षिक ६ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ४६ पैसा कायम भएको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १४५.५७ गुणा छ । चैत मसान्तसम्म कम्पनीको जगेडा कोषमा ५ अर्ब ३८ करोड ९० लाख ८१ हजार रुपैयाँ सञ्चित छ । जुन अघिल्लो आवको सोही अवधिको तुललनामा १९.७३ प्रतिशत धेरै हो ।

चैतसम्म निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ४ अर्ब ७८ करोड ६५ लाख ६० हजार रुपैयाँ र जीवन बीमातर्फ ६० करोड २५ लाख २१ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ३ अर्ब ९१ करोड ४ लाख ४ हजार रुपैयाँ र जीवन बीमातर्फ ५९ करोड ५ लाख ४८ हजार रुपैयाँ थियो । यसतै निर्जीवन बीमा कोषको आकार ३ अर्ब २८ करोड ५४ लाख ४७ हजार रुपैयाँ रहेको छ । जीवन बीमा कोषको विवरण भने वित्तीय विवरणमा उल्लेख छैन ।

तेस्रो त्रैमाससम्म कम्पनीले कुल ४ अर्ब ५९ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले ३ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने १ अर्ब ४० करोड ७५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीले कुल ७ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले ४ अर्ब ४७ करोड ६६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने २ अर्ब ३ करोड ६५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।