सानिमा बैंकले घोषणा गर्‍यो लाभांश

0
Shares

सानिमा बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिकाे भदौ २८ बिहीबार दिउँसो ४ बजे बसेको २६१ औं बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सानिमा बैंकको चुक्ता पुँजी १२ अर्ब ४६ करोड १ लाख १५ हजार ५९ रुपैयाँ रहेको छ । यसअनुसार बैंकले १ अर्ब १२ करोड १४ लाख १० हजार ३५५ रूपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजन सहित ७१ करोड २ लाख २६ हजार ५५८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

अघिल्लो आर्थिक वर्षको नाफाबाट बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस र कर प्रयोजन सहित ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।