सानिमा बैंकको यस्तो छ १३ वर्षे लाभांश इतिहास

0
Shares

गैर आवासीय नेपालीहरुद्धारा प्रवद्धित सानिमा बैंकले लगानीकर्तालाई तेह्र वर्षमा औषत १४.०५ प्रतिशतका दरले कुल १८२.५९ प्रतिशत लाभांश वितरण गरेको छ ।

बैंकले तेह्र वर्षमध्ये दुई आर्थिक वर्षहरु २०७१/७२ र आव २०७५/७६ मा २० प्रतिशतभन्दा धेरै लाभांश वितरण गरेको छ । यस्तै चार आर्थिक वर्षहरुमा आव २०७७/७८, ०७३/७४, ०७२।७३ र २०७०/७१ मा १५ प्रतिशतभन्दा धेरै तथा पाँच आर्थिक वर्षमा दश प्रतिशतभन्दा धेरै पन्ध्र प्रतिशतभन्दा कम प्रतिफल लगानीकर्तालाई वितरण गरेको छ ।

यसैगरी बैंकले गत आव २०७९/८०, ०७८/७९, ०७६/७७,०७४/७५ र ०६९/७० मा बैंकले दश देखि पन्ध्र प्रतिशतको बीचमा लाभांश वितरण गरेको थियो । यस्तै बैंकले दुई आर्थिक वर्षहरु २०६७/६८ र २०६८/७९ मा सिंगल डिजिटमा लाभांश वितरण गरेको छ ।

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%) Announcement Date
1 2079/80 9.00 5.70 14.70 9/14/2023
2 2078/2079 10.00 0.98 10.98 10/23/2022
3 2077/2078 17.00 0.89 17.89 9/23/2021
4 2076/2077 10.00 3.60 13.60 10/14/2020
5 2075/2076 10.00 11.05 21.05 9/23/2019
6 2074/2075 0.00 14.00 14.00 11/21/2018
7 2073/2074 16.00 0.00 16.00  
8 2072/2073 15.00 0.79 15.79  
9 2071/2072 20.00 1.05 21.05  
10 2070/2071 15.00 0.79 15.00  
11 2069/2070 10.00 0.53 10.53  
12 2068/2069 0.00 5.50 5.50  
13 2067/2068 0.00 6.50 6.50  

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सानिमा बैंकको चुक्ता पुँजी १२ अर्ब ४६ करोड १ लाख १५ हजार ५९ रुपैयाँ पुगेको छ । यस्तै बैंकको सेयरधनी कोषमा २ अर्ब २० करोड ९६ लाख र जगेडा कोषमा ४ अर्ब ७० करोड ७२ लाख सञ्चित छ । गत आवमा बैंकले १ खर्ब ७५ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब ४० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।