आइपीओ ल्याउने तयारीमा एपेक्स हस्पीटालिटी, बी प्लस रेटिङ

0
Shares

सार्वजनिक निष्कासनको तयारीमा रहेको एपेक्स हस्पीटालिटी लिमिटेडलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले बी प्लस रेटिङ गरेको छ ।

सन् २०१७ मा स्थापना भएको एपेक्स हस्पीटालीटिले हाल ६ तले कर्मेसीयल विल्डीङ सञ्चालन गरिरहेको छ । जसमा प्रख्यात सिनेमा हल “क्युएफएक्स मूभीज” सञ्चालनमा आएको छ । हालै कम्पनीले ३४ कोठाको दुई तारे होटल निर्माण, व्यवस्थापन र ब्रान्डीङका लागि सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पीटालीटीसँग ५ वर्षको सम्झौता गरेको छ ।

तनहुँको दमौलीमा कम्पनीको विल्डीङ रहेको छ । कम्पनीले निर्माण गर्न तयार भएको होटल निर्माण हुँदा यसले पोखरा र बन्दीपुर घुम्न जाने पर्यटकहरुका लागि सहजता हुनेछ। पर्यटकहरुको आगमन बढेसँगै कम्पनीको आम्दानी पनि बढ्नेछ । तनहुँको दमौली आफैँमा एक पर्यटकीय सहर रहेको छ । पछिल्लो समयमा तनहुँमा पर्यटन उद्योगको विकासका लागि स्थानीय सरकारले पहल गर्दै आएको छ ।

आर्थिक वर्ष २०७९/८० मा कम्पनीले १ करोड ५० लाख सञ्चालन आम्दानी गरेको छ । गत आवमा कम्पनीको ह्रासकट्टी, परिशोधन, ब्याज, कर र भाडा सहितको नाफा ऋणात्मक रहेको छ । तथापि आगामी समयमा होटलको निर्माणसँगै कम्पनीले राम्रो आमदानी गर्ने विश्वास लिइएको छ ।

कम्पनीमा सुमन श्रेष्ठको लगानी ३३ प्रतिशत रहेको छ भने मुकुन्द प्रसाद तिमिल्सीना र सुधीर प्रसाद तिमिल्सीनाको लगानी १५ प्रतिशत रहेको छ ।

आइपीओ जारी गर्न स्वीकृति दिनु अघि नेपाल धीतोपत्र बोर्डले कम्पनीहरुको वित्तीय अवस्था, भावी सम्भावना विश्लेषण गरी कम्पनीहरुको रेटिङ माग्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।