पोखराका लागि यतीको रात्रि उडान शुरु

0
Shares

पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा काठमाडौंबाट यती एयरलाईन्सले रात्रिकालिन उडान (आईएफआर उडान) शुरु गरेको छ । यो उडान आज बाट लागु हुनेगरी उसले तालिका समेत मिलाएको छ ।

पोखरा अन्तरास्ट्रिय बिमानस्थलमा यस अघि नै रात्रि उडानको सुबिधा भएपनी यतीले आज बाट लागू हुने गरि रात्रि उडान शुरु गर्न लागेको हो ।

रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ ५:३० बजे उडान नँ एनवाईटि ६८३ र पोखरा बाट साँझ ६:२० बजे उडान नँ एनवाईटी ६८४ मार्फत तालिका मिलाएको यती एअरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

‘हाललाई साँझको लागि एउटा मात्र उडान रहे पनि यात्रुको माग अनुसार हालको समय भन्दा पछाडी उडान संख्या थप हुँदै जानेछ ।’ आईएफआर उडान शुरु नहुँदा कहिलेकाँही ढिला हुँदा साँझका उडान रद्ध हुने गरेकोमा अब त्यो समस्या समेत हट्ने वहाँले बताए। पोखराका लागि यतीले हाल दैनिक ६ वटा उडान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।