दूरसञ्चार कम्पनी एनसेल १९ औं वर्षमा, हजार ग्राहकलाई १०० ब्यालेन्सदेखि ७ स्कुटर उपहारसम्म

0
Shares

दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेड १९ औं वर्ष प्रवेश गरेको छ । सन् २००५ मा आजकै दिन अर्थात सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल) ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै यात्रा सुरु गरी आइतबार १८ औं वार्षिकोत्सव मनाएको हो ।

एनसेल आजियाटाले सेवा सञ्चालनको १८ औं वार्षिकोत्सव मनाउँदासम्म विगत १८ वर्षको अवधिमा आम नेपालीलाई विश्वस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराएको जनाएको छ । आफ्ना सेवाहरू प्रदान गर्दै कम्पनीले नेपालको दूरसञ्चार क्षेत्रमा आमुल परिवर्तन ल्याएको छ र सेवामा पहुँच सुनिश्चित गराउँदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउनमा ठूलो योगदान दिएको छ ।

‘एक करोड ६० लाखभन्दा बढी नेपाली र नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा हामी गर्व गर्छौं । एनसेल सधै नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध छ । अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेवार बनेका छौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवम् प्रबन्ध निर्देशक जाब्बीर कायुमोभले वार्षिकोत्सव कार्यक्रममा भने, ‘बहुसंख्यक नेपालीहरूका लागि पाउन कठिन हुने सेवा र सुविधाहरुमा सहज पहुँच सुनिश्चित गराउने अब हाम्रो भिजन हुनेछ । एनसेल इज ‘हामी तपाईकै लागि’ अर्थात हामी तपाईंकै लागि हो र अझै धेरै वर्ष निरन्त यात्राका लागि प्रतिबद्ध छौं ।’

प्रत्येक ग्राहक बिजेता बन्ने अफर सार्वजनिक

वार्षिकोत्सवको अवसरमा कम्पनीले प्रत्येक ग्राहक बिजेता बन्ने अफर सार्वजनिक गरेकाे छ । ‘एभ्रि कस्टमर इज अ विनर’ अफर अन्तरगत प्रत्येक ग्राहकले २८ दिनसम्म केही केही सेवा सरप्राइज लोयल्टी गिफ्ट पाउने कम्पनीले जनाएको छ । जसका लागि ग्राहकले एण्ट्रिक्स १७११७ ह्यास डायल गर्नुपर्नेछ ।

यस अफरमा एण्ट्रिक्स १७११७ ह्यास डायल गर्ने ग्राहकले दैनिक, साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्न योग्य हुन्छन् । दैनिक उपहारमा ग्राहकले एनसेलका सेवाहरू कुनै पनि शुल्क बिना प्राप्त गर्न सक्छन् । प्रत्येक हप्ता एनसेलका १ हजार ग्राहकले १०० रुपैयाँ ब्यालेन्स निशुल्कः पाउनेछन् । अफरको अन्त्यमा ७ जना भाग्यशाली ग्राहकले ७ वटा स्कुटर जित्नेछन् । साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्नका लागि ग्राहकहरूले अफर अवधिभर एनसेल सेवाहरू प्रयोग गरेको हुनुपर्ने छ । यस्तै एनसेलको बारेमा रचनात्मक नारा एनसेल एप वा एनसेल वेबसाइट मार्फत एनसेललाई पठाउनुपर्ने हुन्छ ।

सीईओसँग ग्राहकको सिधै पहुँच

एनसेल आजियाटा लिमिटेडले वार्षिक उत्सवकै अवसरमा ‘हामी तपाईंकै लागि’ थिम अनुरुप एनसेलले आफ्नो सीईओ जाब्बोरसँग सधै सम्पर्क गर्न सक्ने घोषणा पनि गरेको छ । आफ्नो सीईओसँग ग्राहकको सिधै पहुँच सुनिश्चित गराउने एनसेल नेपालको सम्भवत पहिलो कर्पोरेट हाउस भएको दाबी एनसेलकाे छ ।

ग्राहकहरुले सीईओ जाब्बोरको इन्स्टाग्राम खाता र तथा इमेल ठेगाना मार्फत सर्वसाधारणले सीईओसँग सिधै सम्पर्क स्थापित गरी कुनै गुनासाहरु भए सीईओसँग सिधै राख्न सक्नेछन् ।

“ग्राहकहरूले मसँग सीधै सम्पर्क गर्न सक्छन् र यसरी सम्पर्कमा आउने ग्राहकहरुका कुराहरु सम्बोधन भए नभएको हाम्रो सम्बन्धित टोलिले सुनिश्चित गर्नेछ । यसले ग्राहकको अनुभवलाई अझ सुधार गर्नुको साथै थप विश्वास र पारदर्शिताको संस्कृति निर्माण गर्न योगदान गर्नेछ,” जाब्बोरले भने ।

‘हामी तपाईकै लागि’ थिमको घोषणा

नयाँ यात्राको सुरुवातसँगै एनसेलले आफ्नो बान्डको बाचा ‘आज, भोलि, सधैंसँगै’ अन्तर्गत रहि ‘हामी तपाईकै लागि थिमको घोषणा गरेको छ । थिम अन्तर्गत एनसेलले सामाजिक कार्यहरुलाई अगाडि बढाउन र नेपालमा सामुदाय स्तरमा सार्थक प्रभाव पार्न श्रृङ्खलाबद्ध विभिन्न क्रियाकलाप, सहकार्य र कार्यक्रमहरुको घोषणा गरेको छ ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी थिम हामी तपाईकै लागि अन्तर्गत राष्ट्रिय प्यारालम्पिक समिति नेपालसँग सहकार्यको घोषणा गरेको छ । कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेपालको प्रतिनिधित्व गर्ने प्यारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई सहयोग गर्नेछ । यस सहकार्य अन्तर्गत एनसेलले राष्ट्रिय खेलाडीहरूको समय तालिम र विकासका लागि उनीहरुलाई आवश्यक पर्ने आहार र पोषण वर्षभरि सहयोग प्रदान गर्नेछ ।

वार्षिकोत्सवको उपलक्ष्यमा सामुदाय स्तरमा लागू हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम सुरु गरेको पनि घोषणा गरेको छ । यस अन्तर्गत एनसेलले ७ वटै प्रदेशका गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको छ । इच्छुक संस्थाहरुले एनसेलको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् । निश्चित मापदण्ड र प्रक्रिया पुर्याएर छानिने त्यस्ता सीएसआर आयोजनाका लागि कम्पनीले प्रति परियोजना १० लाख रुपैयाँ प्रदान गर्नेछ ।

‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत १८ औं वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरुको पनि आयोजना गरिने बताइएको छ । मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकहरुसंग अन्तरक्रिया गर्न सेलिबेटीहरूको एनसेल सेन्टरहरूमा भ्रमण लगायतका कार्यक्रमहरु आयोजना गरिएका थिए ।

साथै आइतबार (सेप्टेम्बर १७) कै दिन एनसेल व्यवस्थापनका उच्चपदस्त अधिकारीहरु र अन्य कर्मचारीहरु ग्राहकहरूसँग अन्तरक्रिया गर्न र उनीहरूको माया र निरन्तर सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरू र पोइन्ट अफ सेल्सको भ्रमण गरेका थिए ।

सरकारलाई पौने ३ खर्ब बढी कर

एनसेल जियाटाले हालसम्म नेपाल सरकारलाई २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढि कर तिरिसकेको बताएको छ । सबैभन्दा ठूलो करदाता मध्ये एकका रूपमा रहेको एनसेलले आफ्नो स्थापनाकालदेखि आर्थिक वर्ष २०७८–७९ सम्ममा कर र शुल्कहरु बापत उक्त कर तिरेको कम्पनीले जनाएको हो ।

यस्तै दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकता अनुरुप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुका सामाजिक परियोजनाहरुमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको जनाएको छ ।

कम्पनीले आम नेपाली जनसमुदायलाई विश्वस्तरीय दूरसञ्चार सेवाहरू मार्फत प्रविधि र कनेक्टिभिटीको पहुँच १८ वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ । सर्वसाधारणलाई भरपर्दो आधारभूत मोबाइल सेवादेखि नेपाली व्यवसायहरुलाई उनीहरुका सञ्चार आवश्यकताहरु पूरा गर्न नवीनतम सेवाहरु प्रदान गरेर एनसेल नेपालको परिवर्तनको संवाहक बनेको छ ।

जीएसएम मोबाइल सेवामा सहज र सुलभ पहुँच, थ्रीजीको सुरुवात, एनसेल कनेन्ट मोबाइल ब्रोडब्यान्ड, प्याकमा आधारित भ्वाइस र डेटा सेवा१.९९ रुपैयाँमा देशभर एकै कल दर, चौथो पुस्ताको फोरजी सेवा, एनसेल फर बिजनेश (एनफरबी), भारत, अमेरिका र क्यानडामा स्थानीय कल दर, सजिलो रोमिङ, एनसेल सापटी, ट्वीटर र वीकीमा निःशुल्क पहुँच एनसेलका केही प्रमुख कोसेढुङ्गाहरू हुन् जसले नेपालको दूरसञ्चार क्षेत्रमा व्यापक परिवर्तनहरु ल्याएका छन् ।

एनसेल सेवाले दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने काम मात्रै नभएर देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) इकोसिस्टमको एक अभिन्न अंग बनेर देशको सामाजिक(आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।