नेष्डो समृद्ध लघुवित्तले डाक्यो साधारण सभा, लाभांश अनुमोदन गर्दै

नेष्डो समृद्ध लघुवित्तले डाक्यो साधारण सभा, लाभांश अनुमोदन गर्दै

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असोज २६ गते चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले लाभांश सहित अन्य विविध प्रस्ताव पारित गर्न पर्वतको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा असोज २६ गते शुक्रबार दिउँसो १ः३० बजे बोलाउने निर्णय गरेको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १७.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २०७९ असार मसान्तसम्म कायम चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँको आधारमा ४ करोड ५७ लाख ३२ हजार २१० हजार रुपैयाँ बराबरको नगद लाभांश करसमेत वितरण गर्न लागेको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत बोनस सेयर र कर प्रयोजन समेतका लागि २३.६८ प्रतिशत नगद लाभांश गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेर स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको थियो । केन्द्रीय बैंकले प्रस्तावित लाभांश अस्वीकृत गर्दै १७.९३ प्रतिशत मात्र लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको हो ।

साथै सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्न आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ । यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नका लागि आवश्यक छलफल पनि सभामा हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १८ गते बिहीबारदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । बुकक्लोजको आधारमा असोज १७ गते बुधबारसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ असोज २०८०, सोमबार १७ : ०२ बजे