हाथवेको आईपीओ बाँडफाँड नतिजा प्रकाशन, चार स्थानबाट हेर्न सकिने

0
Shares

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ बाँडफाँडको नतिजा प्रकाशन भएको छ । हाथवे इन्भेष्टमेण्टको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ बाँडफाँडको नतिजा विभिन्न चार स्थानबाट हेर्न सकिन्छ । क्यापिटलका अनुसार निन्न स्थानहरुबाट आईपीओ परेको वा नपरेको हेर्न सकिन्छ ।

१. सिडीएससीले आईपीओ हेर्नकै लागि सञ्चालनमा ल्याएको वेवसाइट
२. बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको वेवसाइट
३. मेरो सेयर मोबाइल एप तथा वेवसाइटबाट एप्लीकेशन रिर्पोट
४. सेयर निष्कासनकर्ता कम्पनी हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको वेवसाइट

लगानीकर्ताले सिडीएससीले आईपीओ हेर्नका लागि सञ्चालनमा ल्याएको वेवसाइट मार्फत आईपीओ निष्कासनकर्ता कम्पनी हाथवे इन्भेष्टमेन्ट छनौट गरेर १६ अंकको हितग्राही (डिम्याट) खाता नम्बर तथा क्याप्चा नम्बर राखेर आईपीओ परेको वा नपरेको हेर्न सक्नेछन् । साथै बिक्री प्रबन्धकको वेवसाइट मार्फत आईपीओ निष्कासनकर्ता कम्पनी र डिम्याट खाता नम्बर राखेर पनि नतिजा हेर्न सक्नेछन् ।

यसैगरी मेरो सेयरको वेवसाइट तथा मोबाइल एपबाट आफूले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर समेत आईपीओ बाँडफाँडको नतिजा हेर्न सकिने छ । यस स्थानबाट माथिका दुई स्थानभन्दा ढिला मात्र नतिजा थाहा पाउन सकिन्छ । सेयर निष्कासनकर्ता कम्पनीको वेवसाइटबाट गएर समेत मागिएको विवरण भरेर नतिजा थाहा पाउन सकिने बताइएको छ ।

हाथवे इन्भेष्टमेण्टको आईपीओ बाँडफाँड, ९०% योग्य आवेदककाे हात खाली

हाथवे इन्भेष्टमेन्ट को आईपीओ बाँडफाँडमा एक सय जनामध्ये दश जनाले मात्र सेयर हात पारेका छन् । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा असोज २ गते मंगलबार धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम सेयर बाँडफाँड भएको हो ।

आईपीओ बाँडफाँडमा १ लाख २१ हजार ३८७ जनाले मात्र सेयर पाएका हुन् । तीमध्ये भाग्यशाली एक जनाले थप १० कित्ता सहित ३० कित्ता सेयर प्राप्त गरेका छन् । बाँकी १ लाख २१ हजार ३८७ जनालाई गोलाप्रथाबाट २० कित्ताका दरले २४ लाख २७ हजार ७२० कित्ता सेयर बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धकका अनुसार पहिलो चरणमा १ लाख २१ हजार ३८७ जनालाई २० कित्ताका दरले २४ लाख २७ हजार ७४० कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको १० कित्ता सेयर २० कित्ता प्राप्त गर्नेमध्ये पुनः गोलाप्रथा गरी १० जनालाई १/१ कित्ता सेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले भदौ २१ देखि २५ गतेसम्म २४ लाख २७ हजार ७५९ कित्ता आईपीओ सर्वसाधारणमा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्कासन गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।