ट्वीटर प्रयोगकर्ताले मासिक रुपमा भुक्तानी गर्नुपर्ने नीति ल्याउँदै एलन मस्क

0
Shares

सामाजिक सञ्जाल ट्वीटर (हाल एक् ) का प्रयोगकर्ताहरुले ट्वीटर प्रयोग गरेबापत मासिक रुपमा भुक्तानी गर्नुपर्ने नीति आउने भएको छ । ट्वीटर खरिद गरेर एक्स नामाकरण गरेका एलन मस्कले मासिक रुपमा भुक्तानी गर्नुपर्ने नीति ल्याउने तयारी गरेका हुन् ।

इजरायली प्रधानमन्त्री–बेन्जामीन नीतन्याहुसँगको छलफलमा मस्कले ट्वीटर प्रयोगकर्ताहरुले मासिक रुपमा थोरै रकम भुक्तानी गरे त्यसले बोट प्रयोगकर्ताको सङ्ख्या घट्ने बताएका हुन् । हाल ट्वीटरका सक्रिय प्रयोगकर्ता ५२ करोड ८३ लाख रहेका छन् । जसमध्ये बोटको सङ्ख्या २ करोड भन्दा धेरै छ ।

हाल बोटहरुको सङ्ख्या अत्यधिक भएका कारण मक्सले बोटको सङ्ख्या घटाउन मासिक रुपमा भुक्तानीगर्ने नीति ल्याउने संकेत गरेका छन् । यसअघि ट्वीटरले बोट अकाउन्टहरु घटाउन ट्वीटर प्रिमियमको सुविधा अघि सारेको छ ।

सन् २०२२ को अक्टोबर महिनामा एलन मस्कले ट्वीटर अधिग्रहण गरेपछि उनले ब्लुटिक भएका अकाउन्टहरुको लागि मासिक ८ डलर चार्ज गरिरहेका छन् । विकसित मुलुक–अमेरिका, बेलायतले ट्वीटरको ब्लुटिक सेवा लिए बापत हाल ८ डलर भुक्तानी गरिरहेका छन् । यस्तै विभिन्न देश अनुसार ब्लुटिकको चार्ज भिन्न रहेको छ । ब्लुटिक प्रयोगकर्ताहरुका लागि ट्वीटरले विशेष सेवा सुविधा समेत प्रदान गर्दै आएको छ ।

ब्लुटिकको सेवाले मात्रै बोटको सङ्ख्या नियन्त्रण नभएपछि मस्कले प्रयोगकर्ताहरुले नै मासिक रुपमा भुक्तानी गर्नुपर्ने नियम ल्याउने संकेत गरेका छन् । यससँगै ट्वीटरका प्रयोगकर्ताहरुको सङ्ख्या ह्वात्तै घट्ने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।