‘मुक्तिनाथ सेयरधनी बचत खाता’ मा सुविधाहरु थप

0
Shares

मुक्तिनाथ विकास बैंकले सेवाग्राहीलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकलाई सम्पूर्ण सेवाहरु एकै स्थानबाट उपलब्ध गराउने भएको छ । जसका लागि बैंकले मुक्तिनाथ क्यापिटल र सेयर ब्रोकर कम्पनीहरु बीच त्रिपक्षीय व्यवसायिक सम्झौता गरेको छ ।

यो सम्झौता बमोजिमको सुविधाहरु “मुक्तिनाथ सेयरधनी बचत खाता” खोल्ने ग्राहकले पाउने बैंकले जनाएको छ । उक्त सम्झौता बामोजिम बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट तीन वटा कम्पनीहरुले (मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल र तोकिएका सेयर ब्रोकर कम्पनीहरु) दिने विभिन्न सेवा सुविधाहरु पाउन सक्नेछन ।

नयाँ व्यवस्था अनुसार “मुक्तिनाथ सेयरधनी बचत खाता” न्यूनतम मौजदात रु.१०० मा खोल्न सकिने, निःशुल्क कनेक्ट आईपीएस रजिष्टे«शन, निःशुल्क मोबाइल बैैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग, मुक्तिनाथ क्यापिटल लि.बाट निःशुल्क डिम्याट खाता, मेरो सेयर रजिष्ट्रेशन र पोर्टफोलियो म्यानेजमेन्ट सेवामा ५० प्रतिशतसम्म छुट तथा ब्रोकर कम्पनीहरुबाट निःशुल्क ब्रोकर खाताको सुविधा पाउनेछन ।

यो सम्झौतामा क्यापिटल म्याक्स (ब्रोकर नं. ६२), मियो सेक्युरिटिज् (ब्रोकर नं. ६६) र हातेमालो फाईनान्सियल सर्भिसेज् (ब्रोकर नं. ७२) आवद्ध हुनु भएको छ । सेवाग्राहीहरुलाई उक्त कम्पनीहरुबाट उपलब्ध हुने सेवाहरु भविष्यमा थप गर्दै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।