सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
हालै मात्रै सर्वसाधारणमा आईपीओ बिक्री गरी बाँडफाँड गरेको कम्पनीले आईपीओ निष्कासन गरेको कम्पनीलाई नै सेयर रजिष्ट्रार चयन गरेको हो । कम्पनीले असोज १ गतेदेखि शेयर रजिष्ट्रारसम्बन्धी कार्यहरू गर्नका लागि एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको जानकारी दिएको छ ।
सेयर रजिष्ट्रार नियुक्त भएसँगै अब सिटिजन लाइफको सम्पूर्ण धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी रोक्का राख्नेलगायत कार्यहरू एनआइएमबि एस क्यापिटलबाट हुनेछन् ।
कम्पनीको आईपीओ सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेड तथा नेप्सेमा सूचीकरण हुने प्रक्रियामा छ । कम्पनीले भदौ २८ गते बाँडफाँड गरेको आईपीओमा ९ लाख आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
