यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

0
Shares

बुधबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र पाउण्ड स्टर्लिङको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार १ अमेरिकी डलरको खरिद दर १३२.९४ रुपैयाँ र बिक्री दर १३३.५४ रुपैयाँ रहेको छ। मंगलबार पनि सोही दर कायम थियो।

यस्तै, आज १ युरोपियन युरोको खरिद दर १४२.३१ रहँदा बिक्री दर १४२.९५ रुपैयाँ तय भएको छ। मंगलबार १ युरोपियन युरोको खरिद दर १४१.८६ र बिक्री दर १४२.५० रुपैयाँ थियो।

यसैगरी, १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर आज १६४.९१ रुपैयाँ र बिक्री दर १६५.६६ रुपैयाँ रहेको छ। मंगलबार १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६४.९० रुपैयाँ र बिक्री दर १६५.६४ रुपैयाँ थियो।

विदेशी मुद्राको विनिमय दर

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।