अर्थ सचिव पुष्करद्धारा राष्ट्र बैंक सञ्चालकको पनि सपथ ग्रहण


अर्थ सचिवको जिम्मेबारी सम्हाले लगत्तै डा. कृष्णहरी पुष्करले राष्ट्र बैंकको सञ्चालकको सपथ ग्रहण गरेका छन् । डा पुष्करले बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ समक्ष शपथ लिएका हुन । 

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । 

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा, मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, रजिष्ट्रारद्वय नारायणप्रसाद पन्थी र निर्मला पौडेल, सह–रजिष्ट्रारद्वय विमल पौडेल र भद्रकाली पोखरेल, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटा लगायतका अधिकारीहरूको उपस्थिति थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।