युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल

0
Shares

युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल भएको छ ।

युक्रेनी कृषि नीति तथा खाद्य मन्त्री माइकोला सोल्स्की र उनका पोल्याण्डका समकक्षी रोबर्ट टेलसले युक्रेनको अन्न निर्यातबारे बिहीबार टेलिफोन वार्ता भएको हो ।

युक्रेनको सरकारी प्रेस सेवाका अनुसार दुवै देशका मन्त्रीले दुई पक्षबीचको अनाज विवाद समाधान गर्ने प्रस्तावमा विचार आदानप्रदान गरेका तथा दुवै देशको हितलाई केन्द्रमा राखेर समस्याको समाधान खोज्ने सहमति भएको छ ।

पोल्याण्डले युक्रेनको निर्यात योजना अध्ययन गरी प्रस्ताव तयार गर्ने विषयमा पनि सहमति भएको छ । दुई पक्षबीचको अर्को चरणको वार्ता चाँडै हुने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।