एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त

0
Shares

एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमाकिरण पौडेल नियुक्त भएका छन्

शुक्रबार बिहान १०ः०० बजे बसेकोे सञ्चालक समितिको १८४औँ बैठकबाट पौडेललाई संस्थाको कम्पनी सचिव पदमा नियुक्ति गर्ने निर्णय गरेको हो । पौडेल कम्पनी सचिवमा नियुक्त हुनु अघि यसै संस्थामा प्रमुख रणनीति अधिकृतको रुपमा कार्यरत थिए ।

साथै यस अघि यसै संस्थाको प्रमुख जोखिम अधिकृतको पदमा कार्यरत विशाल उप्रेतीले नै यस संस्थाको कम्पनी सचिवको जिम्मेवारी सम्हाली रहेका थिए ।

सञ्चालक समितिको बैठकबाट उप्रेतीको राजिनामा स्वीकृत भए पश्चात पौडेलले संस्थाको कम्पनी सचिव पदको जिम्मेवारी सम्हालेका हुन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।