विपन्न वर्गको बीमा नगरपालिका मार्फत गर्ने व्यवस्था गर्न आग्रह

0
Shares

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले विपन्न वर्गको बीमा नगरपालिका मार्फत गरिदिने व्यवस्था गर्न आग्रह गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको आयोजनामा असोज ४ गते बिहीबार ललितपुर जिल्लास्थित गोदावरी नगरपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले नगरपालीकालाई यस्तो आग्रह गरेका हुन् ।

निर्देशक लालले नगरपालिकाका सेवासँग बीमालाई आवद्ध गर्न आग्रह गर्दै बीमाबाट घर लगायत सम्पत्तिको जोखिम बीमा कम्पनीमा हस्तान्तरण भई आर्थिक सुरक्षण हुने बताए । घटना कतिखेर हुन्छ भन्ने थाहा नहुने भएकाले दुर्घटना बीमा र कृषि तथा पशुपन्छी बीमालाई प्रोत्साहित गर्न तथा विपन्न वर्गको बीमा नगरपालिकाले नै गरिदिने व्यवस्था गर्नुपर्ने निर्देशक लालको भनाई थियो ।

बीमा कम्पनीलाई लक्ष्यमा मात्र नभई गुणस्तरमा पनि ध्यान दिएर काम गर्न निर्देशन

कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कृषि तथा पशुपन्छी बीमा र घरबीमालाई योजनावद्ध किसिमले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । प्रमुख महर्जनले राहतको व्यवस्थाले समस्याको समाधान नहुने भएकाले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न बीमा नै गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गरेका थिए । कार्यक्रममा गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरु तथा बीमा कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।