नेपाल स्टक स्क्सचेन्ज (नेप्से) मा आइतबार १ करोड ६ लाख २७ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
स्टकका अनुसार नागरिक लगानी कोष लिमिटेडको चुक्ता पुँजीको २५ प्रतिशत बराबरको बोनस सेयर आइतबार सूचीकृत भएको हो । यससँगै उक्त सेयर धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।
सुचीकृत बोनस सेयर साधारण सभाका लागि बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र पाउनेछन् । सम्बन्धीत सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा भएपछि किनबेच गर्न सक्नेछन् ।
कोषको गत असार ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो । सोही बोनस सेयर आज आइतबार नेप्सेमा सूचीकृत भएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
