पोखरा फाइनान्सका अध्यक्ष गुरुङले लिए सपथ

0
Shares

पोखरा फाइनान्सका नवनियुक्त अध्यक्ष राजकुमार गुरुङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । गुरुङ्गले शुक्रबार अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् । गुरुङले नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक आर्या जोशीबाट शुक्रबार अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् ।

फाइनान्सको गत भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकबाट संस्थाको उनी अध्यक्षमा नियुक्त भएका थिए । निर्देशक जोशीले गुरुङलाई सपथ ग्रहण गराउँदै राष्ट्र बैंकको निर्देशिकाको पूर्ण पालना गर्दै संस्थागत सुशासनमा ध्यान दिएर कुशल नेतृत्व प्रदान गर्न शुभकामना दिइन् ।

शपथ ग्रहण कार्यक्रमको प्रारम्भमा पोखरा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले नवनियुक्त अध्यक्ष गुरूङका बारेमा संक्षिप्त जानकारी गराएका थिए । सो अवसरमा अध्यक्ष गुरुङले आफ्नो कार्यकालमा पोखरा फाइनान्स लिमिटेडलाई ग्राहकको रोजाइको फाइनान्स बनाउने र शेयर धनीलाई उच्च प्रतिफल दिन प्रतिबद्ध रहने बिचार व्यक्त गरे ।

नवनियुक्त अध्यक्ष राजकुमार गुरुङले शपथ ग्रहण कार्यक्रममा मन्तव्य राख्दै पोखरा फाइनान्सको अध्यक्ष पदमा नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे। साथै उनले नेपाल राष्ट्र बैंकको निर्देशिका एवं संस्थागत सुशासनको पूर्ण पालना गर्दै फाइनान्सको प्रगतिको लागि हरदम प्रयत्नशील रहने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।