मोहर डिजीटल प्रालिको अनुमतिपत्र खारेज

0
Shares

नेपाल राष्ट्र बैंकले मोहर डिजीटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार राष्ट्र बैंकले दिएको निर्देशन पालना नगरेपछि मोहर डिजीटलको अनुमति पत्र खारेज गरिएको हो ।

मोहर डिजीटलले भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफ ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसूर गरेको देखिएकाले अनुमति पत्र खारेज गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार भुक्तानी तथा फस्र्यौट विनियमावली (प्रथम संशोधन, २०८०), २०७७ को ३५ को खण्ड (ग) को व्यवस्था बमोजिम उक्त संस्थाको अनुमतिपत्र खारेज भएको हो ।

साथै उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरुको प्रयोग गर्ने ग्राहकसंगको कुनै दायित्व बाँकी रहे सम्वन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।