रोयल राईसको वार्षिक आम्दानी ४ हजार ५ सय प्रतिशतले बढ्यो

0
Shares

रोयल राईस मिलको सञ्चालन आम्दानी आकर्षक रुपमा बढेको छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीले १ अर्ब ३७ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ। अघिल्लो आवमा ३० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी गत आवमा ४ हजार ४९६ प्रतिशतले बढेको हो ।

सन् २०२१ मा स्थापना भएको कम्पनीले सन् २०२२ देखि उत्पादन सुरु गरेको थियो । सञ्चालनको पहिलो वर्षमा कम्पनीले ३० लाख मात्रै ब्यापार गरेता पनि गत आर्थिक वर्षमा कम्पनीले राम्रो आम्दानी गरेको छ ।

कम्पनीले मुस्ताङ, कायरा, नेपाल गोल्ड ब्रान्डनामबाट चामलको बिक्री वितरण गर्दै आएको छ । कम्पनीले लङ ग्रेन र सर्ट ग्रेन राइस उत्पादन गर्दै आइरहेको छ ।

चितवनको भरतपुरमा कम्पनीको प्लान्ट रहेको छ । प्रति घन्टा ८ मेट्रिक टन धान प्रशोधन गर्ने क्षमता रहेको कम्पनीले ५ किलो देखि २५ किलोमा प्याकेजीङ गरी बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीमा प्रमील न्यौपाने र उनको परिवारको लगानी रहेको छ । दशकौँदेखि न्यौपाने परिवार यस क्षेत्रमा काम गर्दै आएको छ । न्यौपानेकै नेतृत्वमा कम्पनी सञ्चालनमा रहेको छ ।

कम्पनीलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ६० करोड बराबरको कर्जाका लागि रेटिङ दिएको छ । ३७ करोड बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र २३ करोड बराबरको अल्पकलाीन कर्जाका लागि ए४ रेटिङ गरेको हो । कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.६८ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।