हिमालयन टाइम्स मिडियाले पनि आईपीओ जारी गर्ने

0
Shares

हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित असोज २७ गते साधारण सभा बोलाएको छ । सभा डुसिट प्रिन्सेस, लाजिम्पाट, काठमाडौंमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीले आईपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ । त्यसका लागि कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, बोनस सेयर वितरणको प्रस्ताव पनि पेश हुनेछ ।आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।