सुजुकीको चाडपर्व अफर :‘बाँडौं खुसी, चढौं सुजुकी’

0
Shares

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले चाडपर्व अफर ल्याएको छ । कम्पनीले आफ्नो मोटरसाइकल तथा स्कुटरको खरिदमा दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाँडौं खुसी चढौं सुजुकी’ स्कीम ल्याएको छ।

यस चाडमा सुजुकीले ल्याएको ‘बाँडौं खुसी चढौं सुजुकी’ स्कीम अन्तर्गत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रूपैयाँ पक्का छुट पाउनेछन् ।

अथवा कुनै पनि सुजुकी ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्स्चेन्ज गर्दा १५ हजार रूपैयाँ तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा ग्राहकले १० हजार थप मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् ।

वा शून्य प्रतिशत फाइनान्सको सुविधाका साथै एक वर्ष ‘रोड ट्याक्स फ्री’ हुने समेत कम्पनीले जनाएको छ।

यो स्कीम अन्तर्गत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउने समेत कम्पनीले जनाएको छ ।

यो स्कीम दशैं, तिहार तथा छठको लागि लागू हुनेछ ।

बीएस-६ इन्जिनका साथै एसईपी टेक्नोलोजी, पावर, स्टाइल, कम्फर्ट, ५ वर्ष वारेन्टी र अन्य थुप्रै फिचर भएको सुजुकी मोटरसाइकल तथा स्कुटरले ग्राहकको मन जित्ने कुरामा कम्पनी विश्वस्त छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।