हिमस्टारले डाक्यो साधारण सभा, आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने


हिमस्टार उर्जा कम्पनी लिमिटेडले कात्तिक ४ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाण्डौं महानगरपालिका वडा नम्बर ७ मा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो ।

सभाले सर्वसाधारणको लागि जारी गर्ने प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) जारी गर्ने प्रस्ताव पारित गर्ने छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ११ लाख १९ हजार कित्ता बराबरले हुन आउने ११ करोड १९ लाख मूल्यको आइपीओ निष्काशन गर्न लागेको हो । कात्तिक ४ गते बस्ने सभाले उक्त प्रस्ताव पारित गर्ने छ ।

यस्तै सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८० साल आषाढ मसान्तसम्मको वासलात तथा नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धि अनुसुचीहरुमाथि छलफल गरी पारित गन छ ।

यसका साथै सभाले आर्थिक वर्ष २०८० ÷ २०६१ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरु चयन गर्ने लगायतका प्रस्ताप पनि पारित गर्ने छ । कम्पनीले सोलुखुम्बु र ओखलढुंगाको सीमानामा पर्ने बुकु खोलामा ५ मेगावाट क्षमताको बुकु–कपती जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।