केटिएम हस्पिटालिटीले सौराहामा एक अर्ब बढी लागतमा पाँच तारे रिसोर्ट निर्माण गर्दै

0
Shares

प्राकृतिक सम्पदा तथा पर्यावरणीय रुपले मनमोहक चितवनको सौराहामा केटिएम हस्पिटालिटीले १ अर्ब १९ करोड ४० लाख लगानीमा पाँच तारे होटल सहितको रिसोर्ट निर्माण गर्दै छ ।

पछिल्लो समयमा पर्यटकीय हब बन्दै गएको सौराहामा एनआरएन रामेश्वर शाहले पाँच तारे होटल “रोयल टुलिप चितवन नेपाल” निर्माण गर्ने भएका हुन् । यस होटलको व्यवस्थापनका लागि केटीएम हस्पिटालिटीले नेपालमा पहिलो पटक विख्यात युरोपेली होटल ग्रुप– लुभ्र होटल ग्रुपलाई व्यवस्थापकमा नियुक्त गरेको छ ।

सन् २०२४ को जुलाई महिनासम्म निर्माण सम्पन्न भई सञ्चालनमा ल्याउने तयारीमा निर्माण कम्पनीको लक्ष्य छ। तथापि रिसोर्ट निर्माणको कुल लागत मध्ये ८० प्रतिशत लागत कर्जा आधारित रहेको छ । होटल निर्माणको अधिकांश हिस्सा कर्जामै आधारित भएका कारण निर्माण कम्पनीले समयमा कर्जा नपाउँदा सन् २०२४ मा होटलको निर्माण कार्य सम्पन्न नहुने खतरा बढेको छ ।

यस्तै सौराहामा पछिल्लो समयमा होटलहरु निर्माण हुने शिलशिला तीव्र गतिमा बढ्दै गएको छ । यसैक्रममा पाँच तारे होटल सहित रिसोर्ट निर्माण गरिरहेको केटीएम हस्पिटालीटिले उच्च प्रतिस्पर्धाको सामना गर्दै आफूलाई भिन्न रुपमा प्रस्तुत गर्नुपर्नेछ । यी सबै समस्याका बाबजुद चितवन राष्ट्रिय निकुञ्ज युनेस्कोको संरक्षित सूचीमा रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज सौरहाको काखमा अवस्थित छ । यसकारण सौराहामा निकुञ्ज अवलोकन गर्न तथा प्राकृतिक दृश्यमा रमाउन आन्तरिक तथा अन्तराष्ट्रिय पर्यटकहरुको आगमन १२ महिना नै हुने गरेको छ । यसरी होटलहरु बीच प्रतिस्पर्धा भएता पनि अन्तराष्ट्रिय स्तरमा ख्याति युरोपेली होटल चेनको व्यवस्थापन र अमेरिका, कोरिया लगायतका देशहरुमा उत्कृष्ट हस्पिटालिटी सेवा प्रदान गर्दै आएका रामेश्वर शाहको नेतृत्वमा होटलले भविष्यमा आफूलाई स्थापित गराउने छ भन्ने विश्वास रहेको छ ।

कम्पनीले होटल निर्माणका लागि १ अर्ब कर्जा लिन रेटिङ गराएको छ । ९५ करोड ५० लाख बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी इक्रा नेपालले बी प्लस र ४ करोड ५० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।