मुक्तिनाथ कृषि कम्पनीलाई आईपीओ निष्काशन अनुमति

मुक्तिनाथ कृषि कम्पनीलाई आईपीओ निष्काशन अनुमति

मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्न अनुमति पाएको छ ।

पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डले असोज १० गते बुधबार १४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको अनुमति दिएको हो ।

बोर्डले अनुमति दिएसँगै अब मुक्तिनाथ कृषि कम्पनीले सार्वजनिक सूचना जारी गरी प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४ लाख कित्ता सेयर निष्काशनमा ल्याउनेछ । पहिलो चरणमा वैदेशिक रोजागारीमा रहेका नेपालीहरुका लागि सेयर बिक्री खुला हुनेछ भने उक्त सेयर बाँडफाँडपछि आम सर्वसाधारणमा सेयर बिक्रीमा आउनेछ ।

मुक्तिनाथ कृषि कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १४ असोज २०८०, आइतबार ११ : २८ बजे