अतिथि स्वीट्सले साढे १ अर्ब लागतमा पोखरामा विलासी अपार्टमेन्ट निर्माण गर्दै

0
Shares

पर्यटकीय नगरी पोखराको काखमा अवस्थित लेकसाइडमा अतिथि स्वीट्सले १ अर्ब ३७ करोड लागतमा विलासी अपार्टमेन्ट निर्माण गरिरहेको छ ।

कुल लागतको ५७ प्रतिशत हिस्सा कर्जा र ४३ प्रतिशत हिस्सा सेयरधनीहरुको लगानी रहेको छ । अपार्टमेन्ट निर्माण गरिरहेको कम्पनीले निर्माण कार्य अघि बढाउनका लागि १ अर्ब कर्जा लिने भएको छ ।

हाल निर्माणाधीन अपार्टमेन्ट टावरहरुको ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ भने फर्निसीङको काम मात्रै बाँकी रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई एक अर्ब बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स रेटिङ गरेको हो ।

कुल ७२ हजार ३०३ वर्ग फिट जग्गामा निर्माण हुँदै गरेको उक्त अपार्टमेन्टमा १३ वटा वानबीएचके रुम, २६ वटा टुबिएचके, ११ वटा त्रिबीएचके र एउटा हेल्थ क्लब रहेको छन् । यसका अतिरिक्त अर्पामेन्टमा रुफटप इन्फीनीटी पुल, रेस्टुरेन्ट, बालबालिकाका लागि खेल्ने ठाउँ र बेसमेन्ट पार्किङ एरियाको सुविधा समेत उपलब्ध छ ।

पछिल्लो समयमा मानिसहरुले घर बनाउनु भन्दा पनि अपार्टमेन्टमा बस्नुलाई प्राथमिकतामा राख्दै आएका छन् । विशेषत: नेपाल बाहिर रहेका नेपालीहरुले नेपाल फक्रिने क्रममा आफू बस्नको लागि अपार्टमेन्ट बूकिङ गर्ने र खरिद गर्ने गर्दै आएका छन् ।

रियल स्टेट बिजनेसले लगानीको प्रतिफल छोटो समयमा नदिएता पनि दीर्घकालमा राम्रो मुनाफा आर्जन गर्न सकिन्छ । पोखराको हावापानी र प्राकृतिक सुन्दरताका कारण पोखरामा बस्न चाहने मानिसहरुको सङ्ख्या पनि बढ्दै गएको छ । यस कारण अपार्टमेन्ट बिजनेसले भविष्यमा राम्रो मार्केट लिने आकलन गर्न सकिन्छ ।

साथै यसै क्षेत्रमा एक दशक बढी काम गरिरहेका भरत राज शर्माको व्यवस्थापन र नेतृत्वमा अपार्टमेन्ट निर्माण हुँदै छ । जसले ग्राहकहरुमा थप विश्वास थपेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।