बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैकिङ कसूर मुद्दामा फरार प्रतिवादी राजु थापा पक्राउ परेका छन् ।

उच्च अदालत पाटन ललितपुरबाट २०८० असार ३ गतेको फैसलाबाट कैद जरिवाना तोकिईका थापालाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

असोज २२ गते काठमाण्डौ काठमाण्डौं महानगरपालिका वडा नम्बर १४ बल्खुबाट थापालाई पक्राउ गरी फैसला कार्यन्वयनको लागि काठमाण्डौ जिल्ला अदालतमा पठाइएको प्रवक्ता तथा सुचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

नेपाल सरकार वादी मुद्दामा बैकिङ कसुर मुद्दामा प्रतिवादी थापालाई उच्च अदालतले ५ लाख बिगो जाहेरवालालाई भराई बिगो बमोजिम ५ लाख जरिवाना, क्षतिपुर्ति शुल्क २० हजार राहत कोषमा जम्मा गराई २ दिन कैद हुने फैसला भएको थियो ।

जिल्ला तनँहु भानु नगरपालिका वडा नम्बर १२ स्थायी घर भएका वर्ष ३२ को थापा काठमाण्डौ कीर्तिपुर नगरपालिका वडा नम्बर ६ पाँगा बस्दै आएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ असोज २०८०, मंगलबार १७ : ३९ बजे