मुक्तिनाथ क्यापिटलको सभा कात्तिक १७ मा हुने

मुक्तिनाथ क्यापिटलको सभा कात्तिक १७ मा हुने

मुक्तिनाथ क्यापिटल लिमिटेडले आगामी कात्तिक १७ गते १४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

काठमाडौंको रविभवनस्थित होटल क्राउन इम्पेरियलमा कात्तिक १७ गते शुक्रबार अपराह्न ४ बजे सभा सुरु हुने क्यापिटलले जानकारी दिएको छ ।

क्यापिटलको १४ औं वार्षिक साधारण सभामा कुनैपनि लाभांशको प्रस्ताव गरिएको छैन । सभाले गत आर्थिक वर्ष को वार्षिक प्रतिवेदन, चालू आव २०८०–८१ को लागि लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ असोज २०८०, शुक्रबार १४ : ३१ बजे