बैंक तथा वित्तीय संस्थाले कात्तिक १७ भित्र वित्तीय विवरण प्रकाशन गरे हुने

0
Shares

बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण कात्तिक १७ गतेभित्र प्रकाशन गरे हुने भएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण सार्वजनिक गर्ने म्याद थप गरेको हो ।

यसबीचमा नेपालीहरुको महान पर्व बडादशैं परेकाले केन्द्रीय बैंकले थप समय दिएको हो । राष्ट्र बैंकबाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरु अर्थात वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्नेछन् ।

एकीकृत निर्देशनको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले मासिक र त्रैमासिक विवरणहरु केन्द्रीय बैंकमा ७ दिन भित्र पठाउनुका साथै हरेक त्रयमासको महिना व्यतित भएको मितिले ७ दिनभित्र अन्तरिम वित्तीय प्रतिवेदन तोकिएको ढाँचामा प्रकाशित गर्नुपर्ने व्यवस्था थियो ।

राष्ट्र बैंकद्धारा जारी सूचनामा भनिएको छ, ‘यस बैंकमा पठाउनुपर्ने आव २०८०/८१ को पहिलो त्रयमासको मासिक र त्रैमासिक विवरण पठाउन एवं आव २०८०/८१ को पहिलो त्रयमासको लागि अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्न २०८० कात्तिक १७ गतेसम्म समयावधि थप गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।