एनएमबि बैंक लिमिटेडले डच इन्टरप्रिन्यूरियल डेभलपमेन्ट बैंक (एफएमओ) २० मिलियन अमेरिकी डलर (२ अर्ब ६६ करोड नेपाली रुपैयाँ) बराबरको ऋण प्राप्त गरेको छ ।
बैंकले हरित वित्त प्रवद्र्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार एफएमओबाट उक्त ऋण लिएको हो ।
बैंक र एफएमओबीचको यस साझेदारीमा एफएमओबाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम लघु, साना तथा मझौला उद्यम विकास र प्रवद्र्धनको लागि प्राप्त भएको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५१ एटीएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
