सानिमा बैंकले पारित गर्यो १४.७० प्रतिशत लाभांश

0
Shares

सानिमा बैंकको १९ औँ वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको कुल १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा बिहीबार सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर सहित ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ६१ करोड खुद नाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । यस्तै बैंकको कुल निक्षेप १ खर्ब ७८ अर्ब ८५ करोड र खुद कर्जा सापटी १ खर्ब ४९ अर्ब ८७ करोड रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा निक्षेप कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १२.५६, ५.७८ र १२.०२ प्रतिशतले वृद्धि गरेको छ । २०८० असार मसान्तसम्ममा बैंकको निष्किय कर्जा १.३१ प्रतिशत, पुँजीकोष १४.४२ प्रतिशत, तरलता अनुपात ३०.०१ र कर्जा निक्षेप अनुपात (मासिक औसत) ७९ % रहेको बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।