चालीस प्रतिशत वैदेशिक व्यापारमा बीआरआई साझेदारको योगदान

चालीस प्रतिशत वैदेशिक व्यापारमा बीआरआई साझेदारको योगदान

पछिल्लो एक दशकमा उत्तरी चीनको तियान्जिन नगरपालिकाले बीआरआई साझेदार राष्ट्रहरूसँगको आफ्नो व्यापार कूल वैदेशिक व्यापारको ४० प्रतिशत भएको जनाएको छ ।

सन् २०१३–२०२२ सम्ममा बीआरआई साझेदार राष्ट्रहरूसँगको कूल व्यापार चार खर्ब १८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको त्यहाँको भन्सार कार्यालयको भनाइ छ ।

यस अवधिमा सहरका निजी उद्यमहरूले बीआरआई साझेदार मुलुकसँग गरेको कारोबारको योगदान सन् २०१३ मा ५४ अर्ब ७८ करोड युआनबाट बढेर ५४।७८ सन् २०२२ मा एक खर्ब ४२ अर्ब युआन पुगेको छ ।

उल्लेख्य रूपमा बीआरआई साझेदार राष्ट्रहरूबाट तियान्जिनको स्वचालित तथ्याङ्क प्रशोधन उपकरण र यसका पार्टपुर्जाहरूको आयात मूल्य सन् २०१३ मा रेकर्ड गरिएको तुलनामा २०२२ मा चार सय ८० प्रतिशतले बढेको छ ।

यस अवधिमा बीआरआई साझेदार राष्ट्रहरूमा सहरको प्रमुख निर्यातमा मेकानिकल र विद्युतीय उत्पादनहरु थिए । साझेदार राष्ट्रहरूमा लिथियम आयन ब्याट्री, सौर्यसेल र विद्युतीय सवारी साधनको कूल निर्यात मूल्य विगत दश वर्षमा औसत वार्षिक १७ दशमलव नौ प्रतिशतले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार १६ : ५१ बजे