सञ्चार माध्यममा प्रकाशित भ्रामक समाचारका विषयमा सानिमा बैंकको खण्डन

0
Shares

अनलाइन समाचार माध्यममा प्रकाशित भ्रामक समाचारका विषयमा सानिमा बैंकले खण्डन गरेको छ ।

प्रेस विज्ञप्ति जारी गरी बैंकले अनलाइन सञ्चार माध्यममा बैंकका अध्यक्षको फोटो समेत राखी बैंकबाट प्रवाह भएको कर्जाका बारेमा भ्रामक, अनर्गल, गलत तथा तथ्यहीन समाचार प्रकाशित गरी सर्वसाधारणमा भ्रम फैलाएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकले प्रकाशित समाचारमा सत्यता नभएको आफ्ना शेयरधनी, ग्राहकवर्ग, नियामक निकाय तथा सर्वसाधारणमा सूचित गराएको छ । बैंकले सदैव नियामक निकायबाट जारी निर्देशनहरुको पालना गर्दै आएको र संस्थागत सुशासन कायम गरी पारदर्शिताका साथ बैकिङ व्यवसाय गर्दै आएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

तथ्यहीन एवं भ्रामक समाचार प्रचार प्रसार नगर्न आग्रह गर्दै बैंकले यदि त्यसो गरेको खण्डमा कान्नी प्रक्रियामा जाने निक्षेप प्रमुख हेमराज सज्यालले बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।