अबदेखि लाइसेन्स बोक्नुपर्ने बाध्यता हट्यो, नागरिक एपबाटै देखाउन सकिने

अबदेखि लाइसेन्स बोक्नुपर्ने बाध्यता हट्यो, नागरिक एपबाटै देखाउन सकिने

ट्राफिकले लाइसेन्स चेक गर्दा भौतिक लाइसेन्स देखाउनु पर्ने बाध्यता हटेको छ । नागरिक एपले एप मार्फत नै लाइसेन्स देखाउन मिल्ने सुविधा दिएसँगै लाइसेन्स बोक्नु सर्ने झन्झटको अन्त्य भएको हो ।

नागरिक एपले आज सार्वजनिक सूचना जारी गर्दै ट्राफिक चेकिङ हुँदा नागरिक एपबाट लाइसेन्स देखाउन सक्ने जनाएको हो । नागरिक एपमा लाइसेन्स लिंक गरी ट्राफिक चेकिङमा चालकले डिजिटल रुपमा लाइसेन्स देखाउन सक्नेछन् । एपमा ड्राइभिङ लाइसेन्स (अनुमति चालक पत्र) लिंक नगरेकाहरुले भने यो सुविधा प्रयोग गर्न पाउने छैनन् ।

‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकिङको बखतमा नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको छ,’ जारी सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार १५ : ४५ बजे