डिस मिडिया नेटवर्कले पुँजी बढाएर मात्र सर्वसाधारणमा हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले कात्तिक २० गते सोमबार विशेष साधारण सभा आह्वान गर्दै हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्ने भएको हो ।
डिस मिडिया नेटवर्कले विशेष साधारण सभा मार्फत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न लागेको हो । यद्यपी कम्पनीले कति मात्रामा हकप्रद सेयर निष्कासन गर्ने भन्ने खुलाभएको छैन । विशेष साधारण सभामा छलफल गरी कम्पनीले हकप्रद बिक्री गर्ने प्रस्ताव मात्र पारित गर्न लागेको हो ।
कम्पनीले आईपीओ निष्कासनको माग गर्दै २०८० असार १२ गते पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिइसकेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० मूल्यको १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता सेयर निष्कासन गर्न निवेदन दिएको हो । लामो समयदेखि आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको कम्पनीले हकप्रद मार्फत पुँजी बढाएर मात्र आईपीओ निष्कासन गर्न खोजेको हो ।
धितोपत्र निष्कासनका लागि डिस मिडियाले प्रभु क्यापिटल लिमिटेड कमलादीलाई धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक तोकेको छ ।
डिस मिडिया नेटवर्कले डिसहोम सेवा प्रदान गर्दै आइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
