
ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन र कारवाही प्रकृयाको क्रममा भौतिक रुपमा सक्कलै सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवश्यक पर्ने स्पष्ट पारेको छ ।
नागरिक एपले सोमबार सार्वजनिक सूचना जारी गर्दै ट्राफिक चेकिङ हुँदा नागरिक एपबाट लाइसेन्स देखाउन सक्ने जनाएको थियो । नागरिक एपमा लाइसेन्स लिंक गरी ट्राफिक चेकिङमा चालकले डिजिटल रुपमा लाइसेन्स देखाउन सक्ने बताएसँगै ट्राफिक प्रहरीले नागरिक एपमा लिंक रहेको सवारी चालक अनुमति पत्रले उक्त चालक लाईसेन्स प्राप्त गरेको व्यक्ति हो होईन भन्ने कुराको जानकारीको लागि मात्र मान्य हुने बताएको हो ।
ट्राफिक नियम उल्लंघन र कारवाही प्रकृयाको क्रममा भौतिक रुपमा सक्कलै सवारी चालक अनुमति पत्र आवश्यक पर्ने भन्दै ट्राफिक प्रहरीले नागरिक एपमा ड्राइभिङ लाइसेन्स (अनुमति चालक पत्र) लिंक गरेकाहरुले लाईसेन्स प्राप्त गरेको व्यक्ति हो होईन भन्ने मात्र जानकारी दिने हुँदा ट्राफिक नियम उल्लंघन र कारवाही प्रकृयाको क्रममा भौतिक रुपमा सक्कलै सवारी चालक अनुमति पत्र चाहिने बताएको हो ।
अबदेखि लाइसेन्स बोक्नुपर्ने बाध्यता हट्यो, नागरिक एपबाटै देखाउन सकिने
नागरिक एपले आज सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकिङको बखतमा नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको छ,’ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
