आयल निगमले घटायाे डिजेल र मट्टितेलकाे भाउ

आयल निगमले घटायाे डिजेल र मट्टितेलकाे भाउ

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरि डिजेल र मट्टितेलकाे भाउ साबिक मूल्यमा लिटरमा ४ रुपैयाँले घटाएकाे छ  । यससँगै अब डिजेल तथा मट्टितेलकाे भाउ प्रतिलिटर १६४ रुपैयाँ कायम भएकाे छ  । यसअघि प्रतिलिटर १६८ थियाे ।

पेट्राेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्याँसकाे भाउ भने यथावत रहेकाे निगमले जनाएकाे छ । काठमाडौं  उपत्यकामा पेट्राेलकाे भाउ प्रतिलिटर १७२ रुपैयाँ, हवाई इन्धन प्रतिलिटर १३६ रुपैयाँ र एलपी ग्याँसकाे भाउ प्रति सिलिन्डरको १ हजार ८९५ रुपैयाँ रहेकाे छ ।

बुधबार बिहानदेखि पहिलो वर्गको डिजेल र मट्टितेलको मूल्य १६१, दोस्रो वर्गको १६३ र तेस्रो वर्गको १६४ रुपैयाँ कायम गरिएको छ । पहिलो वर्गमा आरआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन् ।

दोस्रो वर्गमा सुर्खेत र दाङ । त्यस्तै काठमाडौं पोखरा र दिपायल तेस्रो वर्ग अन्तर्गत पर्छन् । मंगलबार इन्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य अनुसार पेट्रोलको एक रुपैयाँ ५१ पैसाले वृद्धि भएको पनि निगमले जनाएको छ। यस्तै डिजेलको मूल्यमा भने प्रति लिटर ३ रुपैयाँ ६३ पैसाले घटेर आएको र एलपी ग्याँसको मूल्यमा प्रति सिलिण्डर ९३ रुपैयाँ ६० पैसाले वृद्धि भएको पनि निगमले जनाएको छ ।

मूल्य वृद्धि भएको भएपनि उपभोक्ताको हीतलाई मध्यनजरमा राख्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन बमोजिम पेट्रोलियम पदार्थ तथा ग्याँसको स्व:चालित मूल्य प्रणाली कार्यविध२०८०लाई यथावत राखिएको निगमले जनाएकाे छ । 

 

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलबार २० : ५४ बजे