सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सेयर मूल्य प्रिमियम मूल्यमा जारी गरेको आइपीओको मूल्य भन्दा तल झरेपछि उकालो लागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्काशन गरेको थियो ।
लगातार चार कारोबार दिन नकारात्मक सर्किट लागेर घटेपछि कम्पनीको सेयरमूल्य उकालो लागेको हो । यसबीचमा कम्पनीको सेयर प्रतिकित्ता ३५० रुपैयाँमा कारोबार खुला भएकोमा १२० रुपैयाँ घटेपछि क्रेता हाबी भएपछि सेयर मुल्य उकालो लागेको हो । कात्तिक १५ गते बुधबार प्रतिकित्ता २३० रुपैयाँसम्म झरेको सेयरमूल्य कारोबारको ८ रुपैयाँ ३० पैसा बढेर २३८ रुपैयाँ ५० पैसामा पुगेको छ । दुई घण्टा अवधिमा कम्पनीको ४ लाख ७६ हजार १४० कित्ता सेयर ११ करोड २७ लाख ६३ हजार रुपैयाँ रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ ।
समाचार तयार पर्दासम्म नेप्सेको मार्केट डेप्थमा कम्पनीको ३ लाख ४४ हजा १८९ कित्ता सेयरको खरिद माग छ । बिक्रीतर्फ भने २ हजार ४०१ कित्ताको मात्र बिक्री आदेश देखिएको छ ।
.jpg)
यसअघिका तीन कारोबार दिनमा सोनापुरको ४३ हजार १२५ कित्ता सेयर १ करोड १७ लाख ३९ हजार ६५९ रुपैयाँ बराबरमा खरिद बिक्री भएको थियो । कम्पनीकाे नेप्सेमा कुल ३ कराेड ७ लाख ५० हजार ५०० कित्ता सेयर सुचीकृत छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
