शरद ऋतुमा हिमाल आरोहण गर्नेबाट उठ्यो ७ करोड राजस्व, पर्यटकको रोजाइमा आमादब्लम

0
Shares

शरद ऋतुमा हिमाल आरोहणबाट ६ करोड ९१ लाख रूपैयाँ रोयल्टी संकलन भएको छ । पर्यटन विभागका अनुसार अक्टोवर २५ अर्थात् (कात्तिक ८) गतेसम्ममा १ हजार १८५ जनाबाट ६ करोड ९१ लाख रूपैयाँ रोयल्टी संकलन भएको हो ।

यस वर्षको शरद ऋतुमा स्वदेशी तथा विदेशी गरी ९४८ जना पुरूष र २३७ जना महिलाले आरोहण अनुमति लिएका छन् । यो सिजनका लागि हालसम्म आमाडब्लम हिमाल चढ्न सबैभन्दा धेरैले अनुमति लिएका छन्।

विभागका अनुसार आमादब्लमका लागि ३७ टिमबाट ३३९ जना पुरूष र ७० जना महिला गरी ४०१ जनाले अनुमति लिएका हुन् । जसबाट मात्र १ करोड ९६ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यसैगरी, मनास्लुका लागि २६ टिमबाट २३६ जना पुरुष र ६५ महिला गरी कूल ३०१ जनाले अनुमती लिएका छन् । मनास्लुबाट ३ करोड ४० लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै हिमलुङ्गका लागि १५ टिमका ९५ पुरुष र ३० महिला गरी १२५ जनाले आरोहण अनुमति लिदाँ ४१ लाख ५० हजार रुपैयाँ संकलन भएको छ । यता बरुणको लागि ३६ जनाले अनुमती लिएका छन् भने थोरोङ शिखरबाट ३८ जना, पुथा हिमचुलीका लागि ३३ जनाले अनुमती लिएका छन् ।

कुन देशबाट कतिले लिए अनुमती

अहिलेसम्म ७२ देशका आरोहीले ४९ हिमाल आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका छन् । जसमध्ये यस पटक सबैभन्दा धेरै युनाइटेड स्टेटबाट १२१ जनाले अनुमती लिएका छन् ।

यस्तै फ्रान्सबाट १०४ जना, जर्मेनीबाट ८६ जना, चाइनाबाट ७८ जना, बेलायतबाट ६७ जना, रसिाबाट ६० जनाले अनुमती लिएका छन् ।

यता पोयाण्डबाट ४५ जनाले हिमाल आरोहणको अनुमती लिँदा नेपालबाट ४४ जनाले अनुमती लिएका छन् । यस्तै जापानबाट ४९ जनाले अनुमती लिएका छन् भने स्वजरल्याण्डबाट ४५ जनाले हिमाल आरोहण अनुमती लिएका छन् । यस्तै स्पेनबाट ४०, इटली, भारत र अष्टेलियाबाट ३६( ३६ जनाले आरोहण अनुमती लिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।